प्रधानमन्त्री ओली धनगढीमा, विरोधीले गरे टायर बालेर प्रदर्शन – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओली धनगढीमा, विरोधीले गरे टायर बालेर प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध कैलालीको धनगढीमा टायर बालेर विरोध प्रदर्शन भएको छ । ओलीले चालेको असंवैधानिक कदमपछि उनी पहिलो पटक शुक्रबार धनगढीमा आयोजना गरिएको आफु पक्षीय कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् । ओली धनगढी आउनेभएपछि नेकपा माधव प्रचण्ड निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ओलीले नेकपाको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दैछन् । त्यसका सदूरपश्चिमका विभिन्न जिल्लामा हजारौँ कार्यकर्ता धनगढी भेला भएका छन् ।

ओली धनगढी नपुग्दै उनको विरोधमा नेकपाकै दाहाल(नेपाल समूह निकट अनेरास्ववियुका विद्यार्थी नेताहरूले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । कडा सुरक्षा व्यवस्थालाई छिचोल्दै उनीहरूले टायर बालेर विरोध जनाएका छन् भने केही स्थानमा कालो झण्डासमेत देखाउने तयारी गरेपछि सुरक्षा निगरानी उच्च पारिएको छ ।