भोलि ओली विरुद्ध माइतीघर मण्डलामा व्यापक प्रर्दशन
२३ पुष २०७७, बिहीबार २०:०७
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध शुक्रबार १ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्र्ने भएको हो ।
नेविसंघले प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई अनुरोध गरेको छ । ओलीले आफ्नो पार्टीभित्रको विवाद समाधान गर्न नसकेपछि गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।
ओलीको कदमविरुद्ध कांग्रेसले पुस २५ गते देशभरि ओली सरकारविरुद्ध प्रदर्शन गर्दै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया