राष्ट्रपति प्रधानमन्त्रीको पुत्ला प्रचण्ड-नेपाल समूहले जलायो – Nagarikabhiyan : National News

राष्ट्रपति प्रधानमन्त्रीको पुत्ला प्रचण्ड-नेपाल समूहले जलायो

वीरगंज । नेकपाको प्रचण्ड-माधव नेपाल समूह निकट विद्यार्थी संगठन र युवा संगठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

वीरगंजको माइस्थानमा पुत्ला दहन गरेका हुन् । अनेरास्ववियु पर्साका संयोजक रामबाबु साहको नेतृत्वमा विद्यार्थीहरूले नाराबाजी गर्दै दहन गरेका थिए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको र राष्ट्रपति भण्डारीले त्यसमा साथ दिएकोले विरोध स्वरूप पुत्ला जलाइएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ताले बाताए ।

सो क्रममा पूर्व विद्यार्थी नेता मनोज चौधरीले विद्या भण्डारी र केपी ओली श्री ६ महाराज बन्न खोजेको बताए । केन्द्रीय कार्यक्रम अनुसार नै आज पुत्ला दहन गरिएको अर्का केन्द्रीय सदस्य शिवम् साहले बताए ।