स्वास्थ्य चौकी र वडा कार्यालयको शिलान्यास – Nagarikabhiyan : National News

स्वास्थ्य चौकी र वडा कार्यालयको शिलान्यास

राजविराज । बर्थिङ सेन्टर सेवासहित स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण कार्यको आज यहाँ शिलान्यास गरिएको छ ।

सप्तरीको दक्षिणी भेगको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ मा सो गाउँपालिकास्थित को. मधेपुरामा बर्थिङ सेन्टर सेवासहितको स्वास्थ्य चौकी निर्माण कार्यको एक कार्यक्रमबीच राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले शिलान्यास गर्नुभयो ।

संघीय सरकारको बजेटबाट बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा तिलाठी कोइलाडी गाउँपालिकाको बजेटबाट वडा कार्यालय भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो ।

पक्की भवनको अभावमा सेवा प्रवाहमा समस्या भोगिरहेका सोही वडामा पक्की भवनको वडा कार्यालय निर्माण हुन लागेपछि स्थानियबासी खुशी भएका छन । एक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य समेत थालिएको गाउँपालिका अध्यक्ष सिँहले भन्नुभयो ।