प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढ्यो : देउवा – Nagarikabhiyan : National News

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढ्यो : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीको मौका छोपेर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा देखिएको बताएका छन्।

आज विश्व प्रेस स्वतत्रता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभापति
देउवाले वर्तमान केपी ओली सरकारले प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको बताएका हुन् ।

‘महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ। यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएका छन्,’ देउवाले भनेका छन्।

कोरोनाभाइरस महामारीका बेला पत्रकारको व्यक्तिगत सुरक्षा र मिडिया व्यवस्थापनका चुनौती पनि देखिएको देउवाको भनाइ छ।