कोरोना भाइरसको संक्रमणले पाकिस्तानमा ४३७ जनाको मृत्यु – Nagarikabhiyan : National News

कोरोना भाइरसको संक्रमणले पाकिस्तानमा ४३७ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले पाकिस्तानमा हालसम्म ४३७ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।

पाकिस्तानमा एकैदिन ९३० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ हजार २२ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ४ हजार ७५३ जना उपचारपछि निको भएका छन् । १३ हजार ८३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । एजेन्सी