फेरी शुरु भयो चिनियाँ चलखेल: तीन जना एजेन्ट काठमाडौंमा सक्रिय हुँदा राजनीति तरङ्गित!
१९ पुष २०७७, आईतवार ११:२३
काठमाडौं । नेकपा विभाजनले तरंग ल्याइरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने कोसिस जारी राखेको खुलेको छ ।
चीनले तीन सदस्यीय टोलीलाई काठमाडौंमा राखेर नेकपा मिलाउन गृहकार्य भइरहेको एक नेताले बताएका छन ।
काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरूलाई भेटघाट गरिरहेको समेत दाबी गरिएको छ ।
उच्च स्रोतले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’
नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू अहिले काठमाडौंमा रहेको भन्दै ती अधिकारीहरूको नाम भने गोप्य राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया