ट्रम्पले लगाए अमेरिका प्रवेशमा तीन महिना रोक – Nagarikabhiyan : National News

ट्रम्पले लगाए अमेरिका प्रवेशमा तीन महिना रोक

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ए १ बी, गिर्न कार्ड र आप्रवासी कामदार भिसामा  आगामी मार्च २१ सम्म अमेरिका प्रवेशमा रोक लगाएको छ ।

विगत एक वर्षदेखि ट्रम्पले पटकपटक म्याद थप गरी यो वर्गको भिसामा अमेरिका प्रवेशका लागि रोक लगाउँदै आएका छन् ।

यस अगाडि उनले अमेरिकी श्रम वजारको रक्षा र कोभिड(१९ को महामारीको कारण देखाएर भिसामा रोक लगाएका थिए । पछिल्लो पटक उनले लगाएको रोक डिसेम्बर ३१ मा सकिँदै थियो ।

तर त्यस भन्दा एक दिन अगाडि नै उनले आप्रवासी भिसामा लगाइएको रोक तीन महिना थपेका हुन् ।