ओली पक्षको भेलाः ब्यानरमा ईश्वरभन्दा बादल अगाडि, आतिथ्यतामा पछाडि
१८ पुष २०७७, शनिबार १४:२३
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली पक्षमा गृहमन्त्री रामबहादुर थापा बादलको स्थान ब्यानरमा अगाडि र कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलभन्दा पछाडि राखिएको छ । ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत कार्यकर्ता भेलाको ब्यानरमा बादलको स्थान ईश्वर पोखरेलभन्दा अगाडि भएपनि कार्यक्रमको आतिथ्यतामा पछाडि राखिएको हो ।
भेलामा बादल र पोखरेलभन्दा कार्यक्रममा केही अगाडि पुगे पनि पहिलो आतिथ्यता पोखरेलकै गरियो । भेलाको मन्चमा बसेका बादललाई पोखरेलको पछि मात्र आतिथ्यता गराइएको हो । तर कार्यक्रममा ओलीले अझै पुगेका छैनन् ।रातोपाटीको

फेसबुकबाट तपाईको प्रतिक्रिया