प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ
१८ पुष २०७७, शनिबार ०९:१३
काठमाडौं । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् ।
शुक्रबार राति ११ बजे थानकोटस्थित हिमाल पेट्रोल पम्प नजिकक ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान भानुभक्त ढकाललाई घुस दिन खोज्ने ना ६ ख ३०४० नम्बरको ट्रकका चालक बारा निजगढका भीमबहादुर विक पक्राउ परेका हुन् ।
विकलाई मापसे कारबाही गर्न खोज्दा विकले ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।
उनलाई पक्राउ गरी कारबाही गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया