कोरोनाको उपचार र रोकथाम तथा राहतका लागि गम्भीर: कुसियैत – Nagarikabhiyan : National News

कोरोनाको उपचार र रोकथाम तथा राहतका लागि गम्भीर: कुसियैत

इनरुवा ।  प्रदेश नं. १ का उधोग, पर्यटन , वन तथा वतावरण मन्त्री जगदीस प्रसाद कुसियैतले प्रदेश सरकार कोरोनाको उपचार र रोकथाम तथा लकडाउनका

कारणले समस्या रहेकाहरुलाई राहतका लागि गम्भीर भएको बताउनुभएको छ ।
सुनसरीको भोक्राहा गाउँपालिकामा राहत वितरण गर्नुहुदै कुसियैतले प्रदेश भरी कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागिरहेको बताउनुभयो ।

मन्त्री कुसियैतले एक नम्बर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेकोले कोरोनाको केन्द्रबिन्दु बन्दै गइरहेकोले कोभिड १९ सँग जुध्न हरतरह प्रदेश सरकार लागिरहेको र पीडितहरुलाई राहतका लागि समेत समन्वयको काम गरिरहेको बताउनुभयो ।

मन्त्री कुसियैतले आफ्नो गृह जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का सबै पालिकाका सबै वडाहरुमा एक सय परिवारलाई १५ केजिका दरले चामल पुग्ने गरी प्रत्येक वडामा १५ सय केजी चामल प्रदान गर्नुभएको छ ।

दोस्रो चरणमा भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटा वडामा सनिबार मन्त्री कुसियैतले वडा अध्यक्षहरु र पालिकाका अध्यक्ष सहितको उपस्थितीमा १२ हाजर केजी चामल हस्तान्तरण गर्नुभयो । यस अघि इनरुवा नगरपालिका, बराहक्षेत्र, कोशी गाउँपालिकामा चामल हस्तान्तरण गर्नुभएको थियो ।