अमेरिकी राष्ट्रपतिद्वारा तिब्तियन नीति र समर्थन ऐनमा हस्ताक्षर – Nagarikabhiyan : National News

अमेरिकी राष्ट्रपतिद्वारा तिब्तियन नीति र समर्थन ऐनमा हस्ताक्षर

वाशिङ्‌टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को तिब्बती नीति तथा समर्थन ऐन (टीपीएसए) लाई अनुमोदन गर्दै कानुनी मान्यता दिन हस्ताक्षर गरेका छन् । यसैले चीनलाई दलाई लामा आफ्नो भन्‍न स्थापित गर्नबाट रोक लगाउने भएको छ ।

आइतबार राष्ट्रपति ट्रम्पले उक्त कानुनमा हस्ताक्षर गरेका छन् । “एचआर १३३ ऐनले सेप्टेम्बर ३०, २०२१ सम्मको आर्थिक वर्ष समाप्तिसम्म लागि कोरोना भाइरस आपतकालीन उद्धार तथा राहत गर्ने ऐनसमेत पारित गरिएको छ ।” टीपीएसए कानुन बनेपछि केन्द्रीय तिब्बती प्रशासनका अध्यक्ष लोबसाङ सांगायले ट्वीटरमा भने, “फेरि इतिहास रचिएको छ ! राष्ट्रपति ट्रम्पले ओम्‍निबस विधेयकमा हस्ताक्षर गरेका छन् । जसको मतलब तिब्बती नीति र समर्थन ऐन २०२० अब कानुन बनेको छ !”

अमेरिकी कंग्रेसले डिसेम्बर २१ मा २०२० को टीपीएसए पारित गरेको थियो । जुन सरकारको खर्च बिलमा समावेश छ । अमेरिका र चीनबीचको तनावग्रस्त सम्बन्धकाबीच यो अमेरिकाको अर्को कदम हो ।

यस वर्षको फेब्रुअरीमा, प्रतिनिधिसभाले तिब्बतको समर्थनमा नीतिलाई सुदृढ पार्न सर्वसम्मतिले विधेयक पारित गरिसकेको थियो, जुन हिमालयन बौद्ध क्षेत्रका प्रतिनिधिहरूले चीनको नियन्त्रणमा रहेको “प्रोत्साहित र सशक्तीकरण” को रूपमा पेश गरेको थियो । १९५९ मा चिनियाँ शासनको विद्रोह भएदेखि नै तिब्बती आध्यात्मिक नेता दलाई लामाले आफूलाई भारतमा निर्वासित गरेका छन् ।

दलाई लामा आफ्नो एकता र अनुकम्पाका सन्देशहरूका लागि परिचित छन् । दलाई लामा संस्था ६० भन्दा बढी बर्षदेखि अस्तित्वमा छ । यस अवधिमा त्यहाँ परिवर्तनहरू भएका छन्। धार्मिक स्तरमा अमेरिकाले तिब्बती बौद्ध मात्र होइन दलाई लामाको उत्तराधिकारसम्बन्धी निर्णयमा हस्तक्षेप गर्ने अधिकार भएको कानुनमा उल्लेख छ ।