अन्तत: गगन थापा पनि पार्टी सभापतिकै लाइनमा, ओलीलाई बलियो साथ
१७ पुष २०७७, शुक्रबार १५:०२
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सर्वोच्च अदालतले फैसला गरे निर्वाचनमा होमिनुपर्ने बताएका छन् ।
संविधानको अन्तिम व्याख्या गर्ने निकाय अदालत भएको भन्दै उनले प्रधानमन्त्रीको संसद विघटनलाई सदर गरे मध्यवाधि निर्वाचनमा जानुको विकल्प नभएको बताए ।
यसअघि सम्म निर्वाचनमा जानै हुन्न, अदालतलाई प्रभावित पारेर संसद पुनर्स्थापना गर्नुपर्छ भन्दै आएका थापा पछिल्लो समय भने पार्टी सभापति शेरबहादुर देउवाकै लाइनमा उभिएका छन् ।
उनले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा आफू लचिलो भएको सन्देश दिएका छन् ।
न्यायलयबाट सदरको फैसलापछि निर्वाचनको विकल्प नै नहुने उनको भनाई छ ।
यसरी गगन थापा नै पार्टी सभापतिकै लाइनमा उभिँदा निर्वाचन गराउने प्रधानमन्त्री ओलीको निर्णयलाई बल पुगेको छ ।
यद्यपि अदालतबाट अन्तिम फैसला आउन बाँकी छ । शायद थापाले अदालतबाट पनि सदरके फैसला आउने अनुमान गरेर निर्वाचनको पक्षमा बोलेका हुन् सक्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया