विराटनगरमा शुरु भयो काँग्रेसको प्रदर्शन
१३ पुष २०७७, सोमबार १४:०४
विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा नेपाली काँग्रेसको विरोध प्रदर्शन शुरु भएको छ । काँग्रेस नेता डा. शेखर कोइरालाको नेतृत्वमा विरोध प्रदर्शन शुरु भएको हो ।
संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै काँग्रेसले आज १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध -याली र सभा हुने काँग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया