देवानगञ्ज गाउँपालिककाेे भ्रष्टचार विरुद्ध युवाहरु आक्रोशीत – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिककाेे भ्रष्टचार विरुद्ध युवाहरु आक्रोशीत

देवानगंज ।  सुनसरीको देवानगंज गाउँपालिमा पछिल्लो समय बढ्दै गएको भ्रष्टचार विरुद्ध युवाहरु आक्रोशीत भएका छ् ।

देवानगञ्ज गाउँपालिका काे अध्यक्ष लालीप्रसाद मेहताले जे हुँ मैँ हुँ भन्ने प्रवती देखाउदैँ आएका कारण युवाहरु गाउँपालिकामा विरोध समेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष मेहताले रोजगार संयोजक पदमा आफ्नै बुहारी सोनी कुमारी लाई नियूक्ति गरिएको छ । यो उदाहरण त एउटा उदाहरण मात्रै होे ।

गाउँपालिका अध्यक्ष मेहताले पछिल्लो समय आफ्नो पार्टी कार्यक्रर्ता तथा आफ्नो नातामा पर्ने सबैलाई विभिन्न ठाउँमा करार सेवामा रोजगारी दिएका छन् ।

भने बाटोघाटोको उपभोक्ता समितिमा आफ्नै कार्यक्रर्तालाई राख्ने गरेकोे र कमिसनको भरमा गुणस्तरहीन काम गरेको कारण युवाहरु गाउँपालिकामा उतेजित भएका थिए ।  गाउँपालिका अध्यक्षको यस्तो लजास्पत कामको जतिनै निदा गरेपनि कम हुने जसपाको युवा नेता बुधनाराण यादव बताए ।

स्थानीय युवाहरुको कुरा बुझ्न सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल पुगेपछि युवाहरु आफ्ना गुनासोहरु राखेका थिए ।

प्रजिअ पोखरेलले पालिका अध्यक्ष मेहता र बिरोधमा उत्रिएका यूवाहरुको कुरा बुझेको छन् ।

प्रजिअ पोखरेलले कुरा बुझदै उनले भने तपाई जनप्रतिनिधि हो , तपाइलाई जनताको मर्म र भावना बुझेर काम गर्नु पर्थियो अब विरोधमा उत्रिएका यूवाहरुको कुरा बुझेर अगाडी बढ्नुपर्ने बताए ।

यता गाउँपालिका अध्यक्ष मेहताको निर्देशन भएको देवानगंज गाउँपालिका वडा नं.१ को मेन रोड देखि गाउँपालिका अध्यक्षको घर सम्म जोडने वाटो र नाला निर्माणमा गुणस्तरहीन काम समेत गरेकोले स्थानियहरु यूवाहरुले विरोध गर्दै अवरोध गरेका थिए ।

गापा अध्यक्ष मेहताले बाटो र नाला निर्माण गर्ने क्रममा आफनो नता गोताको घर, रुख बाटो पर्दा समेत नकाटेको र वडाबासीको बाटोमा परेको भन्दैँ घर भत्काएको र रुख काटेको तर आफ्न्तको संरक्षण गरेको भन्दैँ बिरोध गरेको स्थानिय यूवा नेता रबिन्द्र यादवले बताए ।

स्थानिय यादवका अनुसार विजय मेहतको घर ४० फिट बनाउने भनी उनको घर भत्काएको छ भने गाउँपालिका अध्यक्ष मेहताको आफ्नै नातेदार दाजु र भाईको घर बाटोमा पर्ने भए पछि बाटो ३० फिट बनाउने निर्णय गरेको पीडित विजय मेहताले दुखेसो पोखे ।