बागमती प्रदेशमा बबण्डर, तीन मन्त्रीले दिए राजिनामा – Nagarikabhiyan : National News

बागमती प्रदेशमा बबण्डर, तीन मन्त्रीले दिए राजिनामा

काठमाडौ । प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेपछि त्यसको असर प्रदेशहरुमा पर्न थालेको छ । वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित सरकार विरुछ अविश्वास प्रस्ताव दर्ता भएको हो । पौडेल विरुद्ध ४५ जना सांसदले शुक्रबार बिहान अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ताजा खबर अविश्वासको प्रस्ताव दर्ता भएको बागमती प्रदेशमा तीन मन्त्रीले पनि राजीनामा दिइसकेका छन् ।

संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनाम दिएका .हुन्। आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वनमन्त्री अरुणकुमार नेपालले राजीनामा दिएका हुन्।

४५ जना सांसदको हस्ताक्षरसहित हेटौडामा अविश्वासको प्रस्ताव दर्ता भएका हो। सभामुख र उपसभामुखसहित एक सय १० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ।