मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुन्छ : प्रवक्ता ज्ञवाली
९ पुष २०७७, बिहीबार १८:४५
काठमाडौंः नेकपा केपी शर्माओली नेतृत्वको प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा सरकार रहेको जानकारी दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँगको कुरामा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुने बताए ।
आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णयसमेत गरेको उनले बताए । साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया