प्रचण्ड-नेपाल पक्षधरको धनगढीमा विरोध प्रदर्शन
९ पुष २०७७, बिहीबार १८:४१
धनगढी । नेकपाका प्रचण्ड-नेपाल पक्षधर कार्यकर्ताले धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपाकै कार्यकर्ताले राके जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ओलीविरुद्ध नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको गैरसंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा हरेक दिन जसो विरोध प्रदर्शन हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया