उच्च संक्रामक र नियन्त्रण बाहिरको कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि बेलायतमाथि यात्रा प्रतिबन्ध – Nagarikabhiyan : National News

उच्च संक्रामक र नियन्त्रण बाहिरको कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि बेलायतमाथि यात्रा प्रतिबन्ध

बेलायतमा उच्च संक्रामक र नियन्त्रण बाहिरको कोरोनाको प्रकार देखिएपछि युरोपेली देशले बेलायतमााथि धमाधम यात्रा प्रतिबन्ध लगाउन सुरु गरेको छ ।

आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटली, नेदरल्याण्ड, बेल्जियमले आफ्ना सबै उडान रद्द गरेका छन् ।

युरोपियन युनियनको सोमबारको बैठकले यसबारे थप निर्णय गर्ने जानकारी दिएको छ ।

कोरोनाभाइरसको नयाँ प्रकार लण्डन र दक्षिण पूर्वी बेलायतमा व्यापक फैलिरहेको छ ।