सुरक्षा चुनौतीको सामना गर्ने गरी सुरक्षाकर्मीलाई परिचालन गर्न निर्देशन – Nagarikabhiyan : National News

सुरक्षा चुनौतीको सामना गर्ने गरी सुरक्षाकर्मीलाई परिचालन गर्न निर्देशन

काठमाडौँ ।   प्रहरी प्रधान कार्यालयले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामना गर्ने गरी सुरक्षाकर्मीलाई परिचालन गर्न ७ वटै प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई परिपत्र गरेको छ ।

केहीबेर अघि प्रहरी प्रधान कार्यालयका तर्फबाट भएको आन्तरिक परिपत्र अनुसार संसद् विघटनपछि पक्ष र विपक्षमा हुने आन्दोलन र प्रदर्शनलाई ध्यानमा राखेर विशेष सुरक्षा नीति अपनाउन भनिएको छ ।

प्रदेश प्रहरीले प्रधान कार्यालयको परिपत्रलाई ७७ वटै जिल्लाहरुमा त्यसको जानकारी गराइसकेको छ । संसद् विघटनपछि देशभर प्रधानमन्त्रीको कदमको विरोधमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन सुरु भइसकेको छ ।कान्तिपुर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्दै नेकपाका दाहाल र नेपाल समूहका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।