तीव्र गतीका कारण नारायणटारमा पुलबाट तल खस्यो टाटा सुमो – Nagarikabhiyan : National News

तीव्र गतीका कारण नारायणटारमा पुलबाट तल खस्यो टाटा सुमो

काठमाडौं । तीव्र गतीका कारण काठमाडौंको नारायणटारमा पुलबाट टाटा सुमो तल खसेको छ । ना १ ज ५३६३ नम्बरको सुमो आज (शनिबार) बिहान पुलको तल खसेको हो ।

बायाँतर्फको रेलिङ भाँच्दै पुल मुनिको बाटोमा खसेको सो गाडीलाई -याकरको सहायताले उठाइएको थियो । सुमो करिब २० फिट तल खसेको छ ।

रविन तामाङले चलाएको उक्त गाडि तीव्र गतीका कारण दुर्घटना भएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गाडीको बम्पर र अगाडिको सिसा फुटेको छ ।