गढीमा पहिलो पटक टेलीफोन
३ पुष २०७७, शुक्रबार १६:४७
इनरुवा । सुनसरीको गढी गाउँपालिकामा मोवाईल बाहेकको सेवा नरहेकोमा अव ल्याडलाईन टेलीफोन सेवा सुचारु भएको छ । टेलीफोन सेवा नभएकाले मोवाईलमा कुरा गर्नुपर्ने बाध्यता रहेको कुरालाई मध्यनजर गरी जीएसएम गेटवे प्रविधिको प्रयोग गरी आईपीबीएक्स प्रविधिक मार्फतको सेवा सहित टेलीफोन सेवा सुचारु भएको हो ।
पहिलो पटक गाउँपालिकाको ६ वटै वडामा टेलीफोन सेवा दिएको र पालिकाको कार्यालयमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासयिक अधिकृत, लेखा अधिकृत सहित सबै शाखामा फेलीफोन सेवा दिएको हो । यस टेलीफोन सेवाले मानव रहित सेवा प्रभाव हुने र कोही कसैलाई बोलाउनुपर्ने , संचार गर्नुपर्ने र सूचना आदानप्रदान गर्न सहज हुने विश्वास गरिएको अध्यक्ष श्रीप्रसाद यादवले बताउनुभयो ।

टेलीफोन सेवा दिएकाले वडा अध्यक्ष र वडा सचिब सहित कर्मचारीहरुले कार्यालयमा समयमा पुगेको नपुगेको समेत अनुगमन र छड्के गर्न सहज भएको यादवको भनाई रहेको छ । पालिकालाई टेलीफोन सेवा संजालमा जोडिएकाले पालिकाका पदाधिकारी सहित काम कार्वाहीको बारेमा छिटो, छरितो सेवा प्रवाह र सूचना प्रवाहमा सहज भएको उपाध्यक्ष राजकुमारी चौधरीले बताउनुभयो ।
चौधरीले वडामा आउने उजुरी, गुनासो र न्यायिक सम्बन्धी कुराहरु समेत बुझ्नका लागि टोलीफोन सेवाले सहज भएको बताउनुभयो । यो टेलीफोन सेवा क्वाईलिटी टेक्नोलोजी प्रालि गढी २ ले प्रवाह गरेको कम्पनीका संचालक देवराज चौधरीले बताउनुभयो ।
गाउँटोलमा संचार सेवा प्रवाहका लागि सहजीकरण गरेको चौधरीले जानकारी दिनुभएको छ ।कोही कसैलाई बोलाउनुपर्ने , संचार गर्नुपर्ने र सूचना आदानप्रदान गर्न सहज हुनेप्रमुख प्रशासयिक अधिकृत प्रमोद चौधरीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया