आजको मौसम: उच्च हिमाली भूभागमा हल्का हिमपात – Nagarikabhiyan : National News

आजको मौसम: उच्च हिमाली भूभागमा हल्का हिमपात

काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन् ।

राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आइतबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको छ ।

राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

त्यसैगरी सोमबार देशको पहाडि भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । साथै राति देशको पहाडि भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।