“यत्रतत्र , केश्लिया मार्ग अलपत्र”भन्दै स्थानीयद्वारा प्रदर्शन – Nagarikabhiyan : National News

“यत्रतत्र , केश्लिया मार्ग अलपत्र”भन्दै स्थानीयद्वारा प्रदर्शन

विराटनगर । विराटनगर महानगरपालिकाको केसलिया रोडको निर्माण विगत लामो समय अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

स्थानीयहरुले आज , भोली , पर्सी , भन्दा भ्न्दै आखिर मा कहिले केशलिया रोड बनाउने भन्दै सडकमै धर्ना दिएका हुन । यत्र तत्र , केश्लिया मार्ग अलपत्र भन्दै स्थानीयहरु नारा लगाउदै प्रदर्शन गर्दै छन् ।
नगरपालिकाको पहलमा केही मर्मत भएतापनि त्यसपछि कुनै पहल नगरिएको हुँदा सडकको समस्या जस्ता को त्यस्तै भएको त्यहाँका स्थानियहरुले बताएका छन् ।

देशमा तिन तहको सरकार छ तरपनि यस्ता महत्वकांक्षी योजनाहरु ओझेलमा पर्दै गएको स्थानीय गणेश साहले बताए । गाउँ गाउँ मै स्थानिय सरकार भएपनि जनताका कुरामा कसैको ध्यानाकर्षण हुन नसकेकामा त्यहाँका स्थानिय सन्तोष साहले गुनासो गरेका छन् ।