मोरङमा शिक्षकको हत्या, विप्लव समूहको संलग्नता आशंका – Nagarikabhiyan : National News

मोरङमा शिक्षकको हत्या, विप्लव समूहको संलग्नता आशंका

मोरङ । मोरङमा एक शिक्षकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले  मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर २ का शिक्षकको हत्या भएको जानकारी दिए ।
उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । प्रारम्भिक जानकारी अनुसार हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनले बताए । रातोपाटी