इटहरी, रामधुनी र हरिनगरमा १५ शैयाको अस्पताल शिलान्यास – Nagarikabhiyan : National News

इटहरी, रामधुनी र हरिनगरमा १५ शैयाको अस्पताल शिलान्यास

इनरुवा, मंसिर १६ गते । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्माण गरिदिने भनिएको १५ शैयाको अस्पताल सुनसरीको इटहरी, रामधुनी र हरिनगरमा एकसाथ शिलान्यास भएको छ ।
सोमबार प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले इटहरीमा १५ शैयाको अस्पताल शिलान्यास गर्नुभयो । हाल इटहरी अस्पतालको पश्चिम पट्टी रहेको खाली जमिनमा अस्पताल बन्ने भएको छ । सो अस्पतालले इटहरीको स्वास्थ्य क्षेत्रमा सुधारको सङ्केत गर्ने आशा लिइएको बाताइएको छ ।
जनघनत्व बढेसँगै अस्पतालको अभाव महसुस गरेको इटहरीले भर्खरै १५ शैयाको अस्पताल पाउने भएको हो । शिलान्यास कार्यक्रममा इटहरीका प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम सहितको उपस्थिती रहेको थियो । उता रामधुनी नगरपालिका ६ बकलौरीमा समेत १५ शैयाको अस्पताल निर्माण गर्ने गरी प्रदेश सासद तथा नेकपाका स्थानीय कमिटि सदस्य भिमप्रसाद आर्चायले सिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा रामुधनी प्रमुख जयप्रकाश चौधरी, उपप्रमुख सविना चौधरी र प्रमुख प्रशासकिय अधिकृत ओमकार न्यौपाने सहितको उपस्थिती रहेको थियो ।
यसैबीच सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा समेत १५ शैयाको अस्पतालको शिलान्यास गरिएको अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा अध्यक्ष अंसारी, उपाध्यक्ष रिझिमकुमारी भगत, प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर कार्की सहतिको उपस्थिती रहेको थियो ।
१ , प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले इटहरीमा १५ शैयाको अस्पताल शिलान्यास गर्नुहुदै ।