भोजपुरका कोरोना पीडित युवा इटहरीमा बसेको पुष्टी
१३ बैशाख २०७७, शनिबार ११:०५
इनरुवा । भोजपुरको हतुवागढी ६ का कोरोना संक्रमण युवा सुनसरीको इटहरी स्थित आफ्नो फुपुको घरमा आएको पुष्टि भएको छ । आफ्नो श्रीमती भेट्न चतरा ,मावली भेट्न धरान र इटहरीमा आफ्नो फुफु भेट्न आएको पाईएको छ ।
चतराको बसाईकै क्रममा धरान १३ नम्बर वडामा रहेको उनको मामली घर पनि पुगेर फर्किएका थिए । उनि पछिल्लो समय मामली घर हुँदै इटहरी आएको र इटहरीबाट झुम्का चतरा स्टेण्ड हुँदै चतरा बजार पुनः चतरा गएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
संक्रमित युवा इटहरी आएको र आफन्तलाई भेटेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । इटहरी १० मा रहेको आफ्नो फुपुलाई भेटेर उनी गएको प्रहरीको भनाई छ ।
ती युवा फुपु दिदिको घरमा २ घण्टा बसेर पुनः सिटी सफारी चढेर इटहरीको धरान लाइनको बस स्टेण्ड गएका थिए । त्यहाँबाट सार्वाजनिक बस चढेर धरान १३ मा रहेका मावली घर पुगेको बुझिएको छ ।
संक्रमित युवाले भेटेको आफन्तको पहिचान गरेर निगरानीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कतै जान दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया