उद्योग वाणिज्य महासंघको निर्वाचन सकियो, मत गणना ६ बजे शुरु हुने – Nagarikabhiyan : National News

उद्योग वाणिज्य महासंघको निर्वाचन सकियो, मत गणना ६ बजे शुरु हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सकिएको छ । शतप्रतिशत मतदान भएको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए ।

उनका अनुसार बस्तुगत तर्फबाट १०१ मा १०१ नै मतदान भएको छ । जिल्ला नगरबाट १०५ रहेकोमा त्यहाँ पनि शतप्रतिशत नै मतदान भएको छ भने एसोसिएट तर्फ पनि सबै मतदान भएको पौडेलको भनाइ छ ।

कुल ११ सय १० जना मतदाता रहेकोमा सबैले मतदान गरेका छन् । निर्वाचन सकिएसँगै निर्वाचन समितिले मत गणनाको तयारी शुरु गरेको छ । साँझ ६ बजेबाट मतगणना शुरु गर्ने पौडेलले जानकारी दिए । मत परिणाम आउन मध्यरात १२ बजेसम्म लाग्ने अनुमान गरिएको छ ।