अस्पताल सुधार संघर्ष समिति गठन – Nagarikabhiyan : National News

अस्पताल सुधार संघर्ष समिति गठन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा शुक्रवार भएको नागरिक समाजको भेलाले इनरुवा अस्पताल सेवा सुधारको माग गर्दै संघर्ष समिति गठन भएको छ ।

उद्योग बाणिज्य संघ इनरुवाको सभाहलमा इनरुवा नगरको युवा बिद्यार्थी, बुद्धिजीवी, विकासप्रेमीहरुको भेलाले इनरुवा अस्पतालको डाक्टरहरु,कर्मचारीहरुको रिक्तपद पदपूर्ति गरी प्रभावकारी तरिकाबाट सेवा सुबिधाहरु सुचारु गर्न दबाब दिन, अस्पतालमा भइरहेको भ्रष्टाचारहरुको भण्डाफोर गर्न,सक्रिय गिरोहहरुको विरुद्ध लडन साथै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्न दिलिप चन साहुको संयोजकत्वमा २५ सदस्यीय इनरुवा अस्पताल सुधार संघर्ष समिती गठन गरेको हो ।

संघर्ष समितिको सदस्यहरुमा ज्ञानदेव पण्डित, अभिनन्दन यादब, धर्मबिर मेहता, जमालुदिन मिया, भुटाइ साह, आयुस घिमिरे, सन्तोष यादव, रामदेव साह, सौगात बस्नेत , किरण श्रेष्ठ , निरज शर्मा , प्रशान्त श्रेष्ठ , लालबाबु साह, नवराज मेहता, राजेश पण्डीत, राजेन्द्र कुमार श्रेष्ठ , धनिकलाल खत्वे, शम्भु साह, त्रिलोक नाथ गुप्ता , करन साह, शम्भु यादव, रघुनन्दन मेहता, अकबर खान र अजय साह रहेका छन् ।
त्यसैगरी समितिको सल्लाहकारमा गोपाल कोइराला, सिताराम पौदार, सौनाला साफी, राम प्रसाद मेहता, भुवनेश्वर यादव, दयानन्द साह, भोला साह, नवराज बराल, भगिरथ खत्वे, नवीनचन्द्र साह र बासुदेव साह हलुवाइ रहेका छन् । जिल्ला अस्पताल इनरुवा सुनसरी सुधारका लागि इनरुवाका युवाहरु एक जुट भएका छन् । शुक्रवार उद्योग वाणिज्य संघ इनरुवामा बृहत छलफलबाट इनरुवा अस्पताल सुधारका लागि निगरानी बढाउने निष्कर्ष निकालेका छन् । स्थानीय तथा युवाहरुले इनरुवा अस्पतालको बेथितिका कारण नागरिकहरु मारमा परेकाले जिल्लादेखी प्रदेशसम्म दवावको कार्यक्रम गर्ने समेत निधो गरेका छन् ।

इनरुवाका स्वतन्त्र युवाहरुको भेलाले इनरुवा अस्पतालमा हुने गरेको बिकृति, बिसंगति र भ्रष्टाचारका बिरुद्ध लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । जिल्ला अस्पताल इनरुवामा सेवा भन्दा बढी राजनीतिक हुने गरेकोले यस बिरुद्ध युवाहरुको समुहले एक जुट भएर अगाडी बढनुपर्ने बताउनुभयोका छन् ।

जिल्ला अस्पताल इनरुवामा हुने गरेको बिकृति र बिसंगतिलाई न्यूनीकरणका लागि युवाहरु सक्रिय भएर लाग्ने समेत सो भेलाले निर्णय गरेको छ । सेवा दिनुको साट्टो सेवाग्राहीहरुलाई सास्ती दिने गरेको गुनासो बाहिर आएपछि युवाहरुले शुक्रवारको प्रथम भेलाले जिल्ला अस्पताललाई सुधार गर्दै अगाडी बढ्ने समेत बताइएको छ ।

इनरुवा नगरपालिका लगायत आसपासका गाउँपालिकाहरुबाट बिरामीहरु आएपनि सेवा भरपर्दो नदिई रेर्फर गर्ने गरेको परिपार्टीले सेवाग्राहीहरु आजित बनिसकेको गुनासो आउन थालेपछि इनरुवाका सक्रिय युवाहरुले अभियान स्वरुप आवाज उठाउन थालेको सहभागीहरुले बताउनुभयोका छन् ।

जिल्ला अस्पताल सुधारका लागि सबै एक जुट भई अस्पताल विकास समितीसँग एक एक हिसाब लिन र दरबन्दी अनुसारको अहिलेसम्म पद पूर्ती किन हुन नसकेको जवाफ लिन युवाहरुलाई आग्रह गरेको समाजसेवी गोपाल कोइरालाले बताउनुभयो ।
कोइरालाले जिल्ला अस्पताल इनरुवाका कर्मचारीहरुमा अनुशासन समेत नभएको जिकिर गर्नुभयो । अस्पतालमा कार्यकर्ता भर्ती केन्द्रको रुपमा भएपनि बिरामीहरुलाई हेलचेक्राई गरेको आरोप समेत कोइरालाले लगाउनुभयो । अस्पताल राजनीतिकको अखडा भएकोले यसलाई चिर्नका लागि युवा शक्ति एक जुट भए मात्र अस्पतालको बेथितिलाई चिर्न सजिलो हुने बताउनुभयो ।
अस्पताल विकास समितिले कुनै चासो नलिएको कारण लापारवाही बढ्दै गएको हुदाँ समयमै सजग र सर्तक गराउन आवश्यक रहेको कोइरालाको भनाई छ । अस्पतालको चारवटै गेट खोल्नुपर्ने जिकिर गर्दै कोइरालाले अस्पताल भित्र भएको अनियमितता, भ्रष्टाचार, दरबन्दी अनुसारको डाक्टर नभएको, सरसफाई नभएको, राम्रो सेवा प्रवाह नभएको लगायतको विषयमा बहस तथा छलफल गर्न आवश्यक रहेको औल्याउनुभयो ।

अस्पताल विकास समितिले कुनै चासो नलिएको हुदाँ यस बिरुद्ध अभियान सञ्चालन गरी सुधार तर्फ सबै अग्रसर हुन आवश्यक रहेको छ उनले भने अस्पतालको बेथितिले गरीब तथा निमुखा जनता मारमा परेकोले यस बिषयमा सबैले आआफनो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
भेलामा सहभागी जिवानन्द झाले अस्पतालमा रहेको बिकृतिका कारण विपन्न र दलित तथा निमुखा नागरिक मारमा परेकाले अस्पतालको स्तर अनुसार सम्पूर्ण ब्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । झाले अस्पतालमा सरकारले घोषणा गरेको श्रेणी र दरबन्दी अनुसार ब्यवस्था गरें सबै समस्या समाधान हुने बताउनुभयोे ।

त्यसैगरी अस्पतालका पूर्व कर्मचारी धुव्र घिमिरेले अस्पतालमा राम्रो काम गर्ने र सहि बोल्नेलाई लखेटने तथा नराम्रो र झुठको खेती गर्नेलाई संरक्षण गर्ने अस्पताल ब्यवस्थापन समिति भएकाले अस्पतालको उन्नती हुन नसकेको बताउनुभयो । घिमिरेले अस्पतालमा योजना अनुसारको इमान्दारीपूर्वक र नैतिकतामा बसेर काम गर्ने जनशक्ति तथा समिति भए सबै नागरिकले राहतको महसुस गर्ने बताउनुभयोे ।
इनरुवाका युवा दिलिपचन साहुले इनरुवा अस्पतालको कमी कमजोरी सहित २५ बुदें समस्याहरु प्रथम भेलामा सार्वजनिक गरेका थिए । समस्या समाधानका लागि प्रथम भेलाबाट आउने सल्लाह सुझावलाई मध्यनजर गर्दै अस्पताल बिरुद्ध सुधारका लागि आन्दोलन गर्ने समेत बताउनुभयोनुभयोका छन् ।

उहाँका अनुसार स्थानीय सरकार आएको साढे तीन वर्ष बितिसक्दा पनि कुनै चासो नलिएको र अस्पतालमा भर्ती केन्द्रका रुपमा लिएको हुदाँ युवाहरुले सुधारसँगै अस्पतालभित्रै हजारौं युवाहरुको भेलाले एक एक जवाफ लिनका लागि संघर्ष समित समेत निर्माण गरेको छ । गुणस्तरीय सेवा दिनका लागि अस्पताल विकास समितिसँगै अन्य राजनीतिक दलका प्रतिनिधिहरुले पनि चासो लिनुपर्ने उनको जिकिर रहेको थियो ।
सुधार अभियान जारी रहने र निरन्तर खबरदारीका लागि इनरुवा अस्पताल सुधार संघर्ष समितिले गर्ने समेत साहुले जानकारी दिनुभयो । प्रथम भेलाले अस्पतालको सवालमा आवाज उठाएको हुदाँ अब इनरुवा नगरपालिकामा भएका अनियमितता र भ्रष्टाचारको बिरुद्धको अभियान पनि जारी गर्ने साहुको कथन छ ।

भेलामा युवा अभिनन्द यादव, महिचन्द्र साह, धर्मवीर आर्य, ज्ञानदेव पण्डित, भुवनेश्वर यादव लगायतका सयौ सरोकारवालाहरुले अस्पताल र इनरुवाको स्वास्थ्य स्थिती बारे बोल्नुभयो ।