मृत अवस्थामा महिलाको शव फेला
११ मंसिर २०७७, बिहीबार १९:०२
जनकपुरधाम । जनकपुरधाममा एक महिला आफ्नै डेरामा मृत फेला परेकी छिन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ स्थित बेलाकुट्टी नजिक सुरेश साहको घरमा डेरा गरि बस्ने राजेश चौरासियाको श्रीमति २२ वर्षीया रेखा चौरसिया आज (बिहीबार) बिहान करिव ९ बजेको समयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बारा कलैया घर भई हाल जनकपुरमा बस्दै आएकी सो महिलालाई कर्तव्य गरि मारेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । मृतक महिलाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रवक्ता मिश्रले भने,‘शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ । हामी अनुसन्धान गर्दैछौँ ।’
ति महिला आफ्नो श्रीमानसँगै बस्दै आएकी थिइन । घटना पश्चात उनको श्रीमान राजेश फरार रहेकोमा निजको खोज तलाश जारी रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता मिश्रले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया