प्रधानमन्त्री ओलीसँग विदेश सचिव श्रृंगलाको शिष्टाचार भेटवार्ता
११ मंसिर २०७७, बिहीबार १८:२७
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र शृंगलाबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । यसअघि शृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिवसँग छलफल गरेका छन् ।
दुई दिने नेपाल भ्रमणमा रहेका सचिव शृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । सचिव शृंगला शुक्रवार गोरखा र मनाङको भ्रमण गर्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया