नेपालमा संक्रमितको संख्या ९ पुग्यो ,थप तीन जना कोरोना संक्रमित फेला
२२ चैत्र २०७६, शनिबार ०९:३०
काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ ।
सुदूरपश्चिममा थप तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, उत्तरराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमित भएको फेला परेको हो ।
साथै कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना संक्रमित भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यसअघि दुबईबाट फर्केका धनगढीका ३४ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको थियो ।
३४ वर्षीय महिला उनको भाउजु हुन् ।
यो स्थानीयमा कोरोना संक्रमण भएको पहिलो हो ।
यसअघि नेपालमा कोभिड–१९ का आयातिय संक्रमितहरु मात्रै फेला परेको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया