देवानगञ्ज कोवाखोज मुख्य सडकका खाल्डाखुल्डी मर्मत सुरु, आवतजावत सहज हुने – Nagarikabhiyan : National News

देवानगञ्ज कोवाखोज मुख्य सडकका खाल्डाखुल्डी मर्मत सुरु, आवतजावत सहज हुने

देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाको विशेष सहयोगमा देवानगञ्ज-कोवाखोज मुख्य बाटोअन्तर्गत देवानगञ्ज बजारदेखि यादव टोलसम्मको सडक खण्डमा रहेका मुख्य खाल्डाखुल्डी मर्मत सम्भार कार्य आजदेखि सुरु गरिएको छ।
​
सडकको जीर्ण अवस्थाका कारण सर्वसाधारण तथा सवारी साधन सञ्चालनमा सास्ती हुँदै आएकोमा गाउँपालिकाले मर्मत कार्यलाई अघि बढाएको हो। मर्मतका लागि गाउँपालिकाको तर्फबाट आवश्यक ग्राभेल तथा गिट्टीको व्यवस्थापन गरिएको छ।

​त्यस्तै सङ्घीय सांसद लालविक्रम थापाको विशेष पहल तथा हुलाकी राजमार्गसँगको सहकार्यमा ग्रेडर (Grader) उपलब्ध गराई मर्मत कार्यलाई थप तीव्रता दिइएको छ।
​
सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भएसँगै स्थानीय बासिन्दा, पैदलयात्री तथा सर्वसाधारणलाई आवतजावतमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले सार्वजनिक पूर्वाधारको सुधार र सहज आवागमनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।