देवानगञ्जमा संविधान दिवसका अवसरमा कप्तानगञ्ज घटनाका शहीद परिवार तथा घाइतेहरू सम्मानित – Nagarikabhiyan : National News

देवानगञ्जमा संविधान दिवसका अवसरमा कप्तानगञ्ज घटनाका शहीद परिवार तथा घाइतेहरू सम्मानित

देवानगञ्ज । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ को शुभ अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ।
​गाउँ कार्यपालिकाको कार्यालय देवानगञ्ज सुनसरीको आयोजनामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो।
​कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव र प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरेले संयुक्त रूपमा साउन १० गतेको कप्तानगञ्ज घटनाका शहीद परिवारजन तथा घाइतेहरूलाई सम्मान पत्र कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो।

​समारोहलाई सम्बोधन गर्दै देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन
​साउन १० गते कप्तानगञ्जमा घटेको दुःखद घटनामा ज्यान गुमाउनुभएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँहरूले दिएको योगदानको उच्च कदर गर्दै गाउँपालिकाले शहीद परिवार र घाइतेहरूलाई सधैं सम्मान र सहयोग गर्नेछ। स्थानीय सरकार शहीद परिवारको सुख-दुःखमा सधैं साथमा रहनेछ।