देवानगञ्ज घटनाका घाइते अमित यादवको स्वास्थ्यमा सुधार, अध्यक्ष मेहताद्वारा काठमाडौँ पुगेर अवस्था बुझियो – Nagarikabhiyan : National News

देवानगञ्ज घटनाका घाइते अमित यादवको स्वास्थ्यमा सुधार, अध्यक्ष मेहताद्वारा काठमाडौँ पुगेर अवस्था बुझियो

काठमाडौँ/देवानगञ्ज । देवानगञ्ज घटनामा परी घाइते हुनुभएका अमित यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता आज काठमाडौँ पुग्नुभएको छ।
​
काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचाररत यादवलाई भेट्न पुग्नुभएका अध्यक्ष मेहताले उहाँको उपचारमा खटिएका चिकित्सकहरूसँग स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे प्रत्यक्ष कुराकानी गर्नुभएको छ।
​
अध्यक्ष मेहताका अनुसार चिकित्सकहरूले घाइते यादवको स्वास्थ्यमा सोचेअनुरूप क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्। भेटका क्रममा अध्यक्ष मेहताले यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।