कप्तानगञ्ज गोलीकाण्ड: ओमप्रकाश र जयप्रकाश मेहताको घटनास्थलमै अन्त्येष्टि, जनसागर ओर्लियो – Nagarikabhiyan : National News

कप्तानगञ्ज गोलीकाण्ड: ओमप्रकाश र जयप्रकाश मेहताको घटनास्थलमै अन्त्येष्टि, जनसागर ओर्लियो

​देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा भएको दुखद् गोलीकाण्डमा ज्यान गुमाएका स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज सोही घटनास्थल परिसरमा भावविह्वल वातावरणका बीच अब अन्त्येष्टि गरिँदैछ। जुन ठाउँमा गोलीकाण्ड भएको थियो, स्थानीयवासी र आफन्तहरूले सोही स्थानमै दुवैजनाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शवदाह प्रक्रिया अघि बढाएका हुन्।
​अन्त्येष्टिस्थलमा हजारौँको संख्यामा विशाल जनसागर ओर्लिएको छ। देवानगञ्ज गाउँपालिका र आसपासका क्षेत्रबाट आफ्ना प्रिय छिमेकी तथा आफन्तलाई अन्तिम बिदाई दिन सर्वसाधारणको ठूलो उपस्थिति रहेको छ। मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उपस्थित सम्पूर्ण जनसमुदाय अत्यन्तै भावुक र स्तब्ध बनेका छन्।
​घटनापछि सम्पूर्ण देवानगञ्ज र कप्तानगञ्ज क्षेत्र शोकमा डूबको छ। स्थानीय प्रशासनले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। उपस्थित नागरिकहरूले घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही र पीडित परिवारलाई अविलम्ब न्याय तथा उचित क्षतिपूर्तिको माग गरेका छन्।
​
“यस दुखद् घडीमा नागरिक अभियान डटकम परिवार मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।” 😭