तस्करहरूको हट प्वाइन्ट बन्दै देवानगञ्ज नाका, दैनिक लाखौं मूल्य बराबरको तस्करी हुदै – Nagarikabhiyan : National News

तस्करहरूको हट प्वाइन्ट बन्दै देवानगञ्ज नाका, दैनिक लाखौं मूल्य बराबरको तस्करी हुदै

देवानगञ्ज ।  सुनसरीको दक्षिणवर्ती बजार देवानगञ्ज तस्करहरुको हट प्वाइन्ट बन्दै गएको छ ।  दैनिकजसो ट्रक र पीकअप भ्यानमा मटर, सुपाडी ठूलो परिमाणमा निर्यात र आयात भरहेको पाइएको हो ।

आयातको तुलनामा खपत एकदमै न्यून रहेको सो क्षेत्रमा आएको ति सामग्री कहाँ जान्छ ?एउटा प्रश्नको बिषय बनेका छन ! स्थानीयहरुको भनाइ अनुसार देवानगञ्ज वडा नं.२ का साह थरका, एक मेहता र यादव थरका आयातकर्ताहरु  प्रायः दैनिक जसो विराटनगरबाट ठूलो परिमाणमा हरियो मटर र सुपाडीसँगै कहिलेकाही छोगडा र मरिच आयात हुने गरेको बताए  ।

विराटनगरबाट विल काटेर बैद्यानिक रुपमा आउने ति सामग्रीहरु यति ठूलो परिमाणमा आउँछन कि एक दिन आयात भएको बस्तु महिनौ सम्म स्थानीय स्तरमा खपत हुन समय लाग्ने स्थिति रहेपनि दैनिक जसो आयात भईरहँदा ति बस्तुहरु कहाँ जान्छन भन्नेमा आशंका उत्पन्न भएको स्थानीय महेश यादव बताउँछन ।

विराटनगरबाट आएर देवानगञ्ज बजार र पाँचोसिमर क्षेत्रको सीमा नजिक भण्डारण हुने ति सामग्री सुरक्षित समयमा भारततर्फ तस्करी हुने आशंका उनको छ । उनी प्रश्न गर्छन, ‘देवानगञ्जबाट इनरुवा, हरिनगर क्षेत्रमा समान जाँदैनन, देवानगञ्जमा मात्रै यी बस्तुको त्यती धेरै प्रयोग छैन अनि कहाँ जान्छ त दिनँहु आयात हुने ति सामग्रीहरु ।

स्थानीयका अनुसार साह, मेहता र यादव थरका ब्यापारीहरुले सीमा क्षेत्रमा  रहेको आफ्नो गोदाममा ति भण्डारण गरेर राख्ने र त्यहाँबाट स्थानीय प्रहरीसँगको सेटिङमा ति सामग्री मोटरसाईकल र साईकलमा राखेर सीमावर्ती भारतीय क्षेत्र पुरयाउने गरिन्छ ।

इलाका प्ररहरी कार्यलाय देवानगंज को पछाडी बाटै मटर खुलेआम तस्करी भए पनि सोको खोजि निति गर्ने कोहि भएनन । सीमा पारी फुलडाला ट्रक ब्यवस्था गरेर कारोवारीहरुले राख्ने गरेका छन ।  नेपालबाट भित्र्याईएका ति सामग्रीहरु त्यही ट्रकमा लोड गरेर भारतीय बजारहरुमा पु¥याउने गरिन्छ ।

भारतीय ब्यापारीहरुकै लगानीमा विराटनगरबाट खरिद हुने ति बस्तु भारतीय क्षेत्रमा पु¥याए बापत भारतीय ब्यापारीहरुले प्रति किलो ४० रुपैयासम्म दिने र त्यसबाटै नेपालका ब्यापारीले आफ्नो मुनाफा सहित बोर्डर सेटिङ मिलाउने गरेको जानकारहरु बताउँने गर्दछ ।

यता तस्करीको विषयमा जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीका अनुसार जिमेवारी शसत्र प्रहरीको रहेको र नेपाल भित्र ओसार पोसार गर्दा हामीले रोक्न नमिल्ने बताए ।

आखिर सिमा क्षेत्रमा भैरहेको यो तस्करी लाई कस्ले रोक्ने ,यस्को जिम्मेवारी कस्ले उठाउने ।
जब प्रसासन नै एक अर्काको दोष लगाइरहेको बेला आम स्थानिय के गर्ने ?

प्रशासन बाट आएको यस्तो जवाफले कतै कतै तस्करहरुको मनोबल त उच्च हुदैन ?

हेर्नुस भिडियो ( जुगेश दास)