देशको मेरुदण्ड नै युवा शक्ति : अध्यक्ष उपेन्द्र यादव
४ मंसिर २०७७, बिहीबार १६:५०
राजविराज । समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासमा युवा शक्तिको अहम भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
समाजवादी जनता पार्टी युवा कमिटिले छठ पर्वको अवसरमा आज राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रावेश कार्यक्रममा उहाँले युवा शक्ति ने देश विकासको मेरुदण्ड भएको बताउनुभयो ।
नेता यादवले युवाहरुलाई देशलाई विकास निर्माणमा पनि एक जुट हुन अनुरोध गर्नुभयो ।
सप्तरी निर्वाचन क्षेत्र न. २ बाट प्रतिनिधि सभा साँसद एवम पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले देशको आर्थिक समृद्धिलाई माथि उठाउनको लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
देशको पहिनामा समेत युवा नै अगाडी रहेकाले हरेका क्षेत्रमा युवाहरुको अहम भुमिका हुनुपर्नेमा समेत उहाँले जिकिर गर्नुभयो ।
त्यस्तै सोहि कार्यक्रममा विशिष्ट अतिथि प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले विकास निर्माण कार्यमा पनि युवाहरुले अहम भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
उहाँले केही कुसङघतमा यहाका युवाहरु नशालु पदार्थ सेवन तर्फ अगृसर देखिएकाले यसतर्फ युवाहरु पनि सचेत र जागरुक हुनु पर्नेमा जोड दिनुभयो ।
युवा नैता शिबशंकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदे बसाइन नगरपालिका मेयर आतेश सिह यादव ,तिलाठि कोइलाडि गाउपालिका अध्यक्ष सतिश सिह ,विघार्थि नेता किशोर यादव केसि ,े युवा नेता उमेश साह ,लक्ष्मण यादव , अमृत साफि ,दिनेश कुमार यादव ,राजेश राय ,जय नारायण यादव ,विशाल यादव लगायतकाहरुले छठ पर्वको अवसरमा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया