छठ पर्व सुरु भएसंगै देवानगञ्ज बजारमा चहलपहल – Nagarikabhiyan : National News

छठ पर्व सुरु भएसंगै देवानगञ्ज बजारमा चहलपहल

देवानगञ्ज  ।  सुनसरीको सीमावर्ती क्षेत्रमा कोरोना माहामारीले थलापरेको भएपनि आस्थाको पर्व छठको चहलपहल बढेको छ । सीमावर्ती देवानगञ्ज गाउँपालिकाको स्थानीय बजारमा छठ पर्व सुरु भएसगै चहलपहल ह्वातै बढेको छ । छठ पर्वको किनमेलको लागि स्थानीयहरु बजार आएकाले विगतको तुलनामा भिडभाड बढेको हो । छठमा सहज रुपमा बजार आएर किनमेल गरिरेहकाले चहलपहल बढेको स्थानीय ब्यापारी दिलिप मेहताले जानकरी दिनुभयो । मेहताका अनुसार स्थानीय कृषकहरुले लागएका तरकारीहरु समेत छठमा चढाउने भएको र सो तरकारी बजार आउन थालेपछि पनि बाजारमा भिडभाड बढेको छ ।

गत वर्षको जस्तो यस वर्ष छठ पर्व मानउन सहज नभएको भएपनि यसको प्रभावा स्थानीय बजारमा खासै देखिएको छैन । बिराटनगर देखि देवानगंज बजार आउने मुख्य बाटो कालो पत्रे भए पछि बिराटनगरको व्यापारी समेत देवानगंज बाजार आउने गरेको छ । बाटो सहज भएपछि विराटनगर बाटै व्यापारी आएपछि स्थानीयहरु उत्पादन गरेको तरकारी वेच्न सहज भएको देवानगञ्जका स्थानीय कृषक सुबोध मेहताले बताउनुभयो ।

यता देवानगंज बजारलाई व्यस्थापन गर्ने हो भने देवानगंज बजार देवानगंज गाउँपालिकालाई चिनाउने मूख्य प्रतिबिम्व बन्न सक्छ र स्थानीय कृषकहरुको उत्पादलाई बजारीकरण गर्न सकिन्छ भन्दै स्थानीयहरुले माग समेत गर्न थालेका छन् ।

उता तराई मधेशमा मनाउने सांस्कृति पर्व छठले व्यपकता पाएको छ । मधेशबाट सुरु भएको छठ पर्वले देशभरी नै व्यपकता पाएको छ । छठको प्रत्येक वर्ष रौनक बढ्दै गएको भएपनि यसपाली कोरोना भाईरसका कारणले खल्लो भएको छ । छठको धार्मिक र सांस्कृतिक रुपमा भने महिमा बढ्दै गएकाले पर्व गर्नेहरु पनि बढेको बेला कोरोनाले असर पारेको छ । कोरोनाको कहर बीचमा समेत स्थानीयहरुले घर आग्नमै पोखरीको प्रतिक बनाएर कल र मोटर तथा इनारको पानीमा छठ पर्व मनाएका छन् । हाम्रो खासमा नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व छठलाई मानिएको पाईन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

नेपालमा समावेशी छठ पर्व : नेपालको मिथिला भोजपुरा, तराई मधेश क्षेत्रमा मुख्य रूपले मनाइने छठमा अब पहाड र राजधानी तथा हिमाल क्षेत्रका बासिन्दाहरूले पनि सहभागिता जनाउन थालेका छन् । हिन्दू धर्मालम्बी वा हिन्दू संस्कारबाट प्रेरित तराई मधेशमा बसोबास गर्ने पहाडे समुदायका मानिसहरूले छठ पर्व मनाउन थालेयता यसले दुई मुख्य समुदायबीचको धार्मिक सांस्कृतिक सम्बन्धको विस्तार गरेको छ । तराई मधेशका विभिन्न जाति समुदायले यो पर्व मनाउने गरेकाले यसलाई सबैको पर्वको रूपमा पनि लिने गरिएको छ ।

यो पर्व मनाउन तल्लो समुदाय भनिएकाहरूको सहयोग बिना सम्पन्न हुन नसक्ने भएकाले पनि यसलाई समावेशी पर्वको रूपमा अथ्र्याइने गरिएको छ ।

छठ पर्वको इतिहास : सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।