बन्दिपुरबाट कौडा खेलिरहेको अवस्थामा १४ जना परे प्रहरीको फन्दामा – Nagarikabhiyan : National News

बन्दिपुरबाट कौडा खेलिरहेको अवस्थामा १४ जना परे प्रहरीको फन्दामा

काठमाडौं । बन्दिपुरबाट कौडा खेलिरहेका १४ जना पक्राउ परेका छन् ।

बन्दीपुर गाउँपालिका–१ छापस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण कपाली लगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ५ सय ५० रुपैयाँ र कौडा सहित पक्राउ गरेको जनाएको छ ।