हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते – Nagarikabhiyan : National News

हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
गएराति हात्तीको आक्रमणमा परी ५१ वर्षीया कान्छीमाया तामाङ घाइते भएकी हुन्। तामाङको ढाडमा गम्भीर चोट लागेको छ ।

बेहोश अवस्थामा उनलाई राति नै उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सेना सशस्त्र प्रहरी प्रहरी र निकुञ्जका कर्मचारीहरुले राति नै हात्तीलाई निकुञ्ज क्षेत्रतर्फ पठाएका छन्।