देवानगञ्जका जनप्रतिनिधिलाई यूवाहरुको चुनौती, आफैले बाडे भोकोपेटलाई राहत
११ बैशाख २०७७, बिहीबार ११:१३
देवानगंज । भनिन्छ जहाँ इक्छा त्यहाँ उपाय, जहाँ समस्या त्यहाँ समाधान हो । यस्तै समस्याको समाधान गर्न सुनसरीको देवानगञ्ज गाउँपालिकाका युवाहरु सकृय भएका छन् ।
गाउँपालिकाले जातीगत र पार्टीगत रुपमा राहत वितरण गर्न लागिएको आरोप बाहिर आएको र विभेदमा परेका स्थानीयलाई युवाहरु सकृय भएर राहत संकलन गरि वितरण गरेका छन् । दलित बस्तीमा जनप्रतिनिधिहरुले स्वार्थ सहितको राहत स्थानीयद्धारा बहिस्कार र अस्विकार गरेकाले युवाहरु सकृय भएर राहत वितरण गरेका छन् ।

देवानगञ्ज गाउँपालिका १ नम्बर वडाको मध्यहर्षाहीमा रहेको दास टोलका स्थानीयहरुले वडा अध्यक्ष सूर्यनाराण पाल र गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहताले आफुखुसी निर्णय गरेर राहत वितरण गर्न खोज्दा आफूहरुले नलिएको र बहिस्कार गरेकाके स्थानीय खुशिलाल दासले गुनासो गर्नुभयो ।
बहिस्कार गरेको राहत नलिदाँ स्थानीयहरु भोकभोकै बसेको र कम आम्दानी भएकाहरुको दैनिकी कष्टकर बन्दै गएकोले देवानगंज गाउँपालिका वडा नं.१ का केही यूवाहरुको पहलमा चन्दा राहत संकलन गरेर दास टोलमाम राहत वितरण गरेको छ ।
स्थानीय यूवाहरुको सकृयतामा ९० घर परिवारलाई राहत वितरण गरिएको छ । प्रत्येक परिवारलाई १५ के.जी चामल, २ के.जी दाल, १ के.जी नुन, १ के.जी खाने तेला, साबु्न, तरकारी लगायत खाद्ययान सामगी राहत वापत वितरण गरेको स्थानीय यूवा अर्जुन मेहताले जानकारी दिनुभयो ।
मेहताले भन्नुभयो गरे के हुदैन भन्ने विश्वासका साथ लागिपरेको र आफू सहित यूवाहरुले गरेर उदाहरण नै बनेको छ । स्थानीय तहका जनप्रतिनिधिले चुनवको बेला धेरै आश्वासन दिए पनि अहिले विपतको समय कोहि कैतै वाट सहयोग नपाउदा अक्रोसित बनेको र भोकोपेट बसेकाले राहत वितरण गरेको मेहताको भनाई छ ।
लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गर्नेहरुलाइ हात मुख जोड्न समस्या भइरहेको बेला स्थानीय जनप्रतिनिधिहरु भने राजनिति जुहारीमा व्यस्तछन । यता देवानगंज गाउँपालिकामा वितरण गरिएको राहतमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकिय अधिकृतले आफुखुशि वितरण गर्न लागिएको वडा नं.३ का वडा अध्यक्ष अनिल भगतले गुनासो गर्नुभयो ।
अध्यक्ष भगतका अनुसार देवानगंज गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहताको वारम्वार हस्तक्षेपका कारण विवाद हुनेगरेको छ । यता देवानगंज गाउँपालिका वडा नं. ५ मा पनि गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहताको हस्तक्षेपको कारणले राहत विवरण हुन नसकेको बताइएको छ ।
प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले सबैलाई राहत वितरण गर्न नसकिने तर कोही पनि विपन्न , सकुम्बासी, ज्यालादारी गर्नेहरु राहतबाट बन्चित नहुने गरी वितरण जारी रहेको प्रतिकृया दिनुभयो । कोहीले आफूखुसी नगरेको र मापण्ड अनुसारको काम गरेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया