देवानगञ्ज गाउँपालिकाकाे पूर्व गाउँपालिका अध्यक्षकाे निधनमा भाेलि शाेक विदा
२६ मंसिर २०८०, मंगलवार १९:३५
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाले भाेलि बुधवार शाेक विदा दिएकाे छ । निवर्तमान पालिका अध्यक्ष लालि प्रसाद मेहताकाे निधनमा गाउँपालिकाले शाेक विदा दिएकाे छ ।
निवर्तमान गाउँपालिका अध्यक्ष लालि प्रसाद मेहताकाे उपचारकाे क्रममा मंगलवार बेलुका निधन भएकाे छ । साेमावार स्वास्थ्यमा समस्या भए उपचारकाे लागि विराटनगर लगिएकाे मंगलवार बेलुका निधन भएकाे छ ।
देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले एक विज्ञप्ति जारि गर्दै मृत्क आत्माकाे चिर शान्तिकाे कामना संगै शाेकाकुल परिवार प्रति गहिराे सम्वेदान व्यक्त गरेका छन ।
मेहताकाे भाेलि बुधवार हिन्दु परम्परा अनुसार दाहसंस्कार गर्ने पारिवारिक स्राेतले जानकारी दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया