हाँस्य कलाकार मनोज गजुरेल कोरोना मुक्त
३० कार्तिक २०७७, आईतवार ०८:५७
काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल ११ दिनपछि कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु’, उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा अस्पताल परिवार र स्वास्थ्यलाभको कामना गर्ने आफन्त र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
‘अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखि नै धन्यवाद’, गजुरेलले भनेका छन्, ‘सकेसम्म यो महामारीबाट आफू जोगिऔँ र अरुलाई पनि जोगाऔँ । दीपावलीको सबैलाई शुभकामना ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया