सुरु भयाे दशैं, आज घटस्थापना – Nagarikabhiyan : National News

सुरु भयाे दशैं, आज घटस्थापना

देवानगञ्ज । नेपालीहरूकाे महान चाड दशैं आजबाट सुरु भएकाे छ। दशैंकाे पहिलाे दिन आज घटस्थापना गरिँदैछ।

घटस्थापनाकाे दिनलाई जमरा राख्ने दिन पनि भनिन्छ भने आजकै दिनबाट नवरात्रिकाे आरम्भ भएकाे पनि मानिन्छ।

आजकाे दिन विजयादशमीमा टीका थाप्दा सिउरिने जमरालाई उमार्न जाै राेप्ने गरिन्छ। आज घरघरमा विधिपूर्वक दीयो, कलश र गणेश स्थापना गर्दै घटस्थापना गरिन्छ।