देवानगञ्जका बीउ उत्पादक कृषकहरुलाई गुणस्तरीय बीउ उत्पादन सम्बन्धि परिशिक्षण
१५ आश्विन २०८०, सोमबार १७:४६
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाका बिउ उत्पादक कृषकहरुको लागि बीउ उत्पादन सम्बन्धि प्राविधक ज्ञान प्रदान गरिएको छ । मुल, प्रमाणित, उन्नत बिउ प्रदर्शन प्लटमा भन्ने नारा सहित कृषी ज्ञान केन्द्र सुनसरीको आयोजना र JICA Technical Cooperation Project को प्राविधिक सहयोगमा श्री माध्यमिक विद्यालय देवानगञ्जमा कृषक दिवस कार्यक्रम सम्पन्न भएको छ।
देवानगञ्ज गाउँपालिका वडा नम्बर – २ मा रहेको शंकर खाध बीज भण्डारले नयाँ तरिका र कृषकहरुको परम्परागत तरिकाले लगाएको स्वर्ण सब १ धानको जात प्रमाणित उन्नत उत्पादन हुने बीउ राखेको धान खेतमा गएर स्थलगत अनुगमन गरी कृषकहरुलाई परम्परागत तरिका र नयाँ तरिकाको फाईदा र बेफाईदाको बारेमा जानकारी दिएको थियो ।

कार्यक्रममा कृषि ज्ञान केंद्र सुनसरीका प्रमुख निलकमल सिंहले परियोजनाको लक्ष्य, लक्ष्ति क्षेत्र, कार्यान्वयन गर्ने निकाय गुणस्तरीय बीउको फाईदाको बारेमा जानकारी दिएका थिए । यसरी धान खेती गर्दा विउ कम खर्च हुनेर उत्पादन समेत बढने भएको हुँदा किसानहरुलाई समेत जानकार हुन आवश्यक रहेको प्रमुख सिंहले बताउनु भयो ।

कार्यक्रमा देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभाव यादव कोशी प्रदेशका कृषि निर्देशक प्रकास कुमार डाँगी, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह , कृषकहरु सुरेन्द्र यादव, रामवृक्ष मेहता लागयत पालिका भित्रका बिउ उत्पादक कृषकहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया