आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा नआएको काठमाण्डौका मेयर शाहको दाबी
८ आश्विन २०८०, सोमबार १५:०४
काठमाण्डाै –काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई छलफलका लागि बोलाउँदा आउन नचाहेको दाबी गर्नुभएको छ ।
मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने हो भन्दै प्रश्न गर्नुभएको छ । अभियन्ताहरू उभिरहेको ठाउँमै पुगेर संवाद गर्न बोलाउँदा पनि नमानेको उहाँको भनाइ छ ।
तर अभियन्ता ई ले भने मेयर शाहको भनाइको खण्डन गर्नुभएको छ । अभियन्ता ‘ई’ले मेयर शाहको स्ट्याटस शेयर गर्दै ई ले नगर प्रहरी आएर आफूहरूलाई हप्काएको उल्लेख गर्नुभएको छ । आफूहरू भएको ठाउँमा मेयर शाह नभई नगर प्रहरी आएका र आफूहरूले कानुनविज्ञ, सहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधिलाई बोलाउन ३० मिनेट समय माग्दा नगर प्रहरीले रिसाएर त्यसो भए मेयरले भेट्दैन भन्दै हिँडेका ‘ई’ ले उल्लेख गर्नुभएको छ ।
ई लगायत अभियन्ताले सात दिनदेखि प्रदर्शनीमार्गको राष्ट्रियसभा गृह अगाडि उभिएर आन्दोलन गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया