काठमाडौं र ललितपुरका यी ठाउँमा आजदेखि लगातार ३ दिन विद्युत् कटौती हुने
२९ भाद्र २०८०, शुक्रबार ०९:३८
काठमाडौं –काठमाडौं र ललितपुरका केही ठाउँमा आज शुक्रबार देखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले स्युचाटार(टेकु सबस्टेसनबाट तीन दिन सट डाउन गर्न लागेको हो । प्राधिकरणले सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू(स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
त्यसका लागि ६६ केभी स्युचाटार(टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म ‘सटडाउन’ गरिने प्राधिकरणले जनाएको छ।
त्यसैगरी ६६ केभी स्युचाटार(पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार(के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।
तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रशारण प्रभावित हुने भएको छ ।
६६ केभी स्युचाटार(टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया