रुसको रोहबरमा अर्मेनिया र अजरबैजानले युद्ध अन्त्य गरे, ३० हजारको मृत्युपछि भयो सम्झौता ! – Nagarikabhiyan : National News

रुसको रोहबरमा अर्मेनिया र अजरबैजानले युद्ध अन्त्य गरे, ३० हजारको मृत्युपछि भयो सम्झौता !

एजेन्सी । अर्मेनिया र अजरबैजानले युद्ध अन्त्य गर्ने सम्झौता गरेका छन् । उनीहरु दुवै मुलुकले आज मंगलबार एक अर्कामा युद्ध नगर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । लामोसमयदेखि अर्मेनियाको आदिवासी समुदायको नियन्त्रणमा रहेको नागोर्नो–काराबाख क्षेत्रलाई दुई देशले आआफ्नो भूमि दावी गरेपछि स्थिती युद्धसम्म नै पुगेको थियो ।

दुई मुलुकबीचको युद्धमा परेर हालसम्म दुवै पक्षका गरेर ३० हजार भन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । त्यस्तै बिववादिन भूमिमा २ हजार शान्ति शैनिकहरु खटिएको तथ्याङ्क छ । विवादित भूिम अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिएपनि सन् १९९४ देखि अर्मिनियाको जातीय समूहको नियन्त्रणमा रहदै आएको देखिन्छ ।

मंगलबारको सम्झौताले बिवादित भूमिको केहि भाग अजरबैजानको हुने र केहिभाग अर्मैनियाको हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ । युद्धकाबीच दुईदेशबीच सम्झौता गराउनमा रुसको भूमिका रहेको छ । रुसकै रोहबरमा मंगलबार आज दुवै मुलुकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


लामो समयदेखि सामान्य विवाद हुँदै आएकोमा गएको सेप्टेम्बर २७ तारिखदेखि ठूलै युद्ध हुँदै आएको थियो । दुई मुलुकबीच झण्डै २ महिनासम्म युद्ध चर्किएको थियो । सम्झौता पत्रमा हस्ताक्षर गरेपछि अर्मेनियाका प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन् ।