साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निधन
२६ भाद्र २०८०, मंगलवार १३:५१
काठमाण्डाै – साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा भर्ना गरिएको थियो ।
सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाइएको छ ।
आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’ ‘शुक्रराज शास्त्रीको चश्मा’अनायिका’‘सपनामा मार्क्स’, जाडोमा भोक ‘भ्रष्ट संवेदना’ विकल्प’ ‘यात्रा’ लगायतका कृति प्रकाशित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया